शनिबार, बैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६२ जनामा कोभिड संक्रमण, १९को मृत्यु

काठमाडौं भाद्र २९ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका विभिन्न प्रयोगशालामा१० हजार २६६ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १८० र ४ हजार १७७ जनाको एन्टीजेन परीक्षणको क्रममा ३८२ गरि कुल १ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यसवीचमा देशभरबाट १ हजार ५८९ जना संक्रमित डिस्चार्ज भएको जानकारी मन्त्रालयले दिएको छ भने वितेको २४ घण्टामा १९ एक जना संक्रमितको मृत्यु भएको जनाएको छ । त्यस्तै ४५३ जना आइसियुमा र १३७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको समेत मत्रालयले जनाएको छ ।