बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा देशभर १ हजार १५७ जनामा कोभिड संक्रमण , ८ को मृत्यु

काठमाडौ असोज १२,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५७ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमित पहिचान भएको जनाएको छ ।

त्यस्तै आज देशभर १ हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएको छन भने यसवीचमा ८ जना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। साथै देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको यसमध्ये ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।