बिहिबार, बैशाख १३, २०८१

नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा साउद र महासचिवमा पाण्डेय

काठमाडौं भाद्र २२,

नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवापुस्तामा आएको हो ।

नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको संघले अब अध्यक्ष मानबहादुर साउदसँगै उपाध्यक्षद्वय डा। खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सहकोषाध्यक्षमा डा. सुमन पौडेल निर्विरोध निर्वाचित भएकोहो ।

१३ सदस्यीय कार्यसमितिका सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरु युवा छन् । उनीहरुमा उद्योग सञ्चालनको लामो अनुभव, जोश र जाँगरले आगामी दिन आयुर्वेद औषधी उत्पादनले थप उचाइ लिने विश्वास गरिएको छ ।

कार्यक्रमका वरिष्ठ आयुर्वेद चिकित्सक एवं सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा। बाबुराजा अमात्य, नेपाल औषधी उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहाल लगायतले शुभकामना अभिव्यक्ति दिनुभएको थियो ।