मङ्लबार, बैशाख ११, २०८१

नेपाल-भारतवीचको मैत्रीपूर्ण खेल बराबरीमा

काठमाडौं भाद्र १७ ,
नेपाल र भारतबीच आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा रोकीएको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा नेपाली खेलाडी अन्जन विष्टले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए पनि खेलको ६० मिनेटमा भारतीय खेलाडी अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल भए । भारतीय कप्तान सुनील क्षेत्रीले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गरेका थिए।