बुधबार, बैशाख १२, २०८१

नविनतम उर्जा सहित काठमाडौं काँग्रेस क्षेत्र न. ८ महानगर ‘क’ प्रदेशका वडा समिति हाँक्ने तयारीमा निर्वाचित सभापतिहरु

[बाँयाबाट क्रमस वडा न १३, १९,२० २३ र २४ न वडाका निर्वाचित सभापतिहरु}

निर्वाचित सभापतिहरुको सामुहिक आवाज संगठनको सवलीकरणसंगै स्थानीय तहको  निर्वाचनका लागि अर्जुनदृष्टिको कार्यान्वयन

काठमाडौं असोज ८,
नेपाली काँग्रेसको आसन्न् १४ औं महाधिवेशनको स्थानीय तहको वडा अधिवेशन अन्र्तगत काठमाडौं काँग्रेस क्षेत्र न. ८ क प्रदेशमा रहेका ५ वटा महानगरका वडा समितिको वडा अधिवेशन सम्पन्न भएको छ।

काठमाडौं निर्वाचन क्षेत्र न ८को क प्रदेश अन्र्तगत महानगरपालिका वडा न १३, १९,२० २३ र २४ न वडा रहेका छन । मंगलवार र बुधवार सम्पन्न वडा अधिवेशनमार्फत ५ वटा वडामध्ये वडा न १३ ,२० र २४ मा पुरानै वडा सभापितको नेतृत्व पाएका छन । जसमध्ये वडा न १३ का सभापति सुरेन्द्र मानन्धरलाइ निर्वाचन मार्फत पुन भारि बहुमतले निर्वाचित गरेको हो।  त्यस्तै वडा न २० र २४ का सभापति क्रमस राजेन्द्र मानन्धर र विनोदराज भण्डारीलाइ कार्यकुशलताकै आधारमा पुन निर्विरोध सभापतिको जिम्मेवारी दिएको हो ।

त्यस्तै वडा न.१९ र २३ को महानगर वडा सभापतिको जिम्मेवारीमा भने नयाँ अनुहारले प्रवेश पाएका छन । प्राप्त जानकारी अनुसार वडा न १९ को सभापतिमा गोविन्द श्रेष्ठ भारि बहुमतले निर्वाचित भएका छन भने वडा न २३ मा उत्तम मानन्धरले निर्विरोध नयाँ जिम्मेवारी प्राप्त गरेको हो ।

त्यस्तै वडा न. १३ को सभापतिमा निर्वाचित मानन्धर नेतृत्वको कार्य समितिका उपसभापतिमा लक्ष्मी श्रेष्ठ राणा,विनोद तुलाधर ,सचिवमा अनुपमान राजभण्डारी ,बालकृष्ण महर्जन, र सहसचिवद्दयमा प्रवीण श्रेष्ठर सिद्धिरत्न शाक्य निर्वाचित भएका छन ।

त्यसैगरि क्षेत्रीय प्रतिनिधीहरुमा किरण कृष्ण जोशी ,सुरेन्द्र दास श्रेष्ठ , जनकराज पाण्डे, पुष्करराज पाण्डे , प्रदिपकृष्ण जोशी, हरिराम लामिछाने, मोहिनी प्रशाद शर्मा, दसरथ रिसाल ,प्रचण्ड देब मानन्धर, रबिन्द्र महर्जन ,सरिता श्रेष्ठ , सृजना खड्का, रमिला श्रेष्ठ शाक्य , शान्ति रिजाल, श्री बदन श्रेष्ठ , महेश नेपाली , केदार मान सिं, बिनोद गोयल, मोहम्मद परबेज निर्वाचित भएका छन ।

त्यस्तै महानगर वडा न. १९ समितिको जिम्मेवारी प्राप्त गरेका सभापति गोविन्द श्रेष्ठ नेतृत्वको कार्यसमितिका उपसभापति , सचिव र सहसचिवद्दयमा क्रमस किरण श्रेष्ठ ,उमेश कर्माचार्य, चन्द्रमान डंगोल ,शैलेन्द्र मिश्र , श्याम महर्जन , नारायण देवी महर्जन निर्विरोध निर्वाचित भएका छन ।

त्यसैगरि क्षेत्रीय प्रतिनिधीहरुमा क्रमस राजुराज जोशी, रविन्द्रलाल श्रेष्ठ, प्रदिप कुमार शाही, गिरीराज दली, बालमुकुन्द प्रसाद श्रेष्ठ, शरण शाही अंकितध्वज खड्का, सिर्जन झा,सपना राजभण्डारी जोशी, शौरभराज जोशी ,सुजाता श्रेष्ठ, रमेशमान मुनिकार, प्रशन्न लाल खड्गी विनिता श्रेष्ठ, रंजिता परियार ,शोभा जोशी रेणुकमल शाही, शेख नारायण महर्जन र छोटे मियाँ अन्सारी निर्वाचित भएका छन ।

वडा न. २० मा दोस्रो पटक सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएका मानन्धर नेतृत्वको कार्य समितिका उपसभापतिमा रसेल श्रेष्ठ,नरेश महर्जन ,सचिवमा अनेश चित्रकार ,शोभादेवी मानन्धर र सहसचिवद्दयमा जुजु डंगोल र सजिव शाही निर्वाचित भएका छन । त्यसैगरि क्षेत्रीय प्रतिनिधीहरुमा क्रमस शोभादेवी मानन्धर, विष्णुदेवी मानन्धर, बिमला ताम्राकार, रोमल श्रेष्ठ, विजयगोपाल श्रेष्ठ , अनिरुद्ध प्रधान , प्रचण्डमान मल्ल, सुमन शाही, नरेश महर्जन ,सरस्वती थापा ,राजेश वाँनिया ,सुभेष झा , माया श्रेष्ठ ,गम्भीरमान महर्जन, चन्दन श्रेष्ठ र मञ्जु मगैया निर्वाचित भएका छन ।

त्यस्तै वडा न २३ को सभापति निर्वाचित उत्तम मानन्धर नेतृत्वको कार्य समितिका उपसभापतिमा नेविनमान श्रेष्ठ ,उत्तम शाही, सचिवमा सुरेश मानन्धर , उपेन्द्रमान शाक्य र सहसचिवद्दयमा कृष्ण वहादुर मानन्धर र रिकेश शाक्य निर्विरोध निर्वाचित भएका छन ।

त्यसैगरि क्षेत्रीय प्रतिनिधीहरुमा क्रमस नेविनमान श्रेष्ठ, दिपेन्द्र मान्नधर, कपिल राजकर्णिकार , लक्ष्मीनारायण मानन्धर, यौवन प्रधान , सुवान बैद्य, रविन्द् रञ्जित, रेशवावु, सरिता भुजु, रिता माथेमा , राजेश्वरी मानन्धर, मिलन डंगोल , जगननाथ पन्त, उमेश पन्त,रिता मैनाली तुलाधर,विष्णुलाल श्रेष्ठ,र कञ्चन नेपाली निर्वाचित भएका छन ।

त्यस्तै वडा न. २४ मा दोस्रो पटक सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएका विनोद राजभण्डारी नेतृत्वको कार्य समितिका उपसभापतिमा कृष्णमान सिंह डंगोल,सनम शाक्य , सचिवमा अमुल्य रत्न स्थापित, राजु महर्जन, निर्वाचित भएका छन ।

साथै क्षेत्रीय प्रतिनिधीहरुमा क्रमस ईन्द्रमान सिंह सुवाल, रुपक मान सिंह, राजेन्द्र राम श्रेष्ठ, गोपाल बहादुर चित्रकार, धर्मरत्न पाछै, मचाराजा महर्जन अमृतमान बज्राचार्य, अजर मानन्धर, गौतम शाक्य ,बिरेन्द्र प्रसाद गिरी, प्रमोद शर्मा ,गोविन्द अग्रवाल ,कृष्णा अमात्य ,छोरी डंगोल, शारदा श्रेष्ठ, ज्योत्सना शाक्य सिन्दुराकार, त्रिपुरा लक्ष्मी जोशी, राज्य कुमारी राजवन्त, बाबा सिंह निर्वाचित भएको जानकारी प्राप्त भएको छ।

त्यस्तै काठमाडौं काँग्रेस महानगर वडा समितिको प्रारम्भिक एवम् महत्वपूर्ण जिम्मेवारी वहन गदै  निर्वाचित  सभापतिहरुले  संगठनलाइ थप सवलीकरण गराउने दायित्व  आफ्नो काँधमा  आएको  बताउदै  आसन्न  स्थानीय तहको  निर्वाचन प्रति आफ्नो अर्जुनदृष्टि रहेको बताउदै यसको लागि आवश्यक सवै रणनितीक कार्ययोजना कार्यान्वयन गर्दै अगाडि बढ्ने बताउनुभयो ।