शुक्रबार, चैत्र १६, २०८०

देशभर १ हजार ८९ जनामा कोभिड संक्रमण , २० संक्रमितको मृत्यु

काठमाडौं भाद्र २०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। पछिल्लो २४ देशभरका विभिन्न प्रयोगशालामा ५ हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र २ हजार ८०१ जनाको एन्टीजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएसंगै उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जनाएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार ५३४ जना संक्रमित निको भएको जनाएको छ भने २० जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ।साथै देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै  मन्त्रालयले ५२३ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जानकारीदिएको छ।