शनिबार, बैशाख ८, २०८१

देशभर १ हजार ७६० जनामा कोभिड संक्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौं भाद्र ३०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ७६० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन गरि १६ हजार ८४४ जनाको परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै मन्त्रालयले देशभरबाट १ हजार २२० जना संक्रमित निको भई डिस्चार्ज भएको जनाएके छ भने ७ जना संक्रमितको मृत्यु भएको जनाएको छ। साथै ४०७ जना आइसियुमा र १२९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको समेत मन्त्रालयले जनाएको छ।