बिहिबार, बैशाख १३, २०८१

देशभर १ हजार ७५६जनामा कोभिड संक्रमण पुष्टि, २३ को मृत्यु

काठमाडौ भाद्र १८ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ७७३ जनाको पिअिसार र ४ हजार ५६१ जनाको एन्टीजेन परीक्षण गरि कुल १४ हजार ३३४ जनामा गरिएको कोभिड परीक्षणको क्रममा उल्लेखित सख्यामा कोभिड संक्रमितको पहिचान भएको जनाएको छ।

पिअिसार परीक्षण तर्फ १ हजार ३५७ र एन्टीजेन परीक्षणतर्फ क्रममस ३९९ जनामा संक्रमण पुष्टि भएको जनाउदै यसवीचमा देशभरबाट २ हजार २७४ जना संक्रमित डिस्चार्ज भएको छ भने २३ एक जना संक्रमितको मृत्यु भएको जानकारी स मन्त्रालयले दिएको छ।

साथै देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै तीमध्ये ५४० जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएके छ।