शुक्रबार, चैत्र १६, २०८०

दमकको जुवा खालबाट विधार्थी संघका नेता सहित १७ भाइ पक्राउ

काठमाडौं असोज ७,
इलाका प्रहरी कार्यालय दमकले दमक १ स्थित हिमाल देवानको घरबाट कौडा खेलिरहेको अवस्थामा रङ्गेहात १७ जनालाई पक्राउ गरेको प्रहरीलाइ उदृत गर्दै हाम्रा सहकर्मीले जनाएको छ ।

प्रहरीका अनुसार कौडा खालबाट पक्राउ परेको १७ भाइ मध्ये कतिपयले आफ्नो समाजीक प्रतिष्ठामा आँच पुग्ने त्रासका कारण अनुसन्धानको क्रममा कपोकल्पीत नाम बताएसंगै प्रहरीले निजहरुको नागरिकता मगाएर आवश्यक अनुसन्धान गर्दै गरेको बुझिएको छ ।

यसरीखनुसन्धान गर्नेक्रममा प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये म्ध्ये नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेति समेत रहेको र निजले अनुसन्धानको क्रममा आफ्नो सुनिल शाह लेखाएको थाह भएको छ।

त्यस्तै विशेष सूचनाको आधारमा गरिएको अप्रेशनको क्रममा प्रहरीले १६ थान कौडा र चार लाख सत्ताईस हजार छ सय रुपैयाँ समेत बरामद गरको जनाउदै पक्राउ पर्ने बाँकी १७ भाइ मध्ये युवराज न्यौपाने, दिल बहादुर राई, तिर्थ अधिकारी,ठाकुर प्रसाद निरौला ,हरि कोईरालासुबिन्द्र सुब्बा, मोहन बराल,लक्ष्मी प्रसाद अधिकारी,नैन कुमार चौधरी, रुपेश तामाङ,बलराम बस्नेत, गंगाराम मगर,निशान पोखरेल कर्ण राई, राजन दाहाल र विनोद थेबेरहेको प्रहरीले जनाएको छ।