बिहिबार, बैशाख १३, २०८१

थप ९९४ जनामा कोभिड संक्रमण, १२को मृत्यु

काठमाडौं भाद्र २६ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ९९४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित संक्रमणमुक्त भएको जानकारीदिनुको अलावा यसवीचमा १२ जना संक्रमितको मृत्यु भएको जनाएको छ।