शुक्रबार, बैशाख १४, २०८१

थप ९५३ जनामा कोभिड संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं असोज ९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड सम्बन्धी विवरणको पछिल्लो २४ घण्टामा जानकारी दिदै थप ९५३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशका विभिन्न प्रयोगशालाहरुमा ७ हजार ५० जनाको पीसीआर र तीन हजार ५२९ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ९५३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेको जानकारी दिनुको अलावा यसवीचमा थप १ हजार ३७१ जना उपचारपछि डिस्चार्ज भएको जनाएको छ। त्यस्तै वितेको २४ घण्टामा संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।