बिहिबार, चैत्र १५, २०८०

थप २ हजार ४ जनामा कोभिड संक्रमण पुष्टि , १६ को मृत्यु

काठमाडौ भाद्र १७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा १४ हजार ६५० जनामा गरिएको कोभिड परक्षिण्को क्रममा थप २ हजार ४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६५८ जनाको पिअिसार परीक्षणको क्रमा १ हजार ६१९ र ३ हजार ९९२ जनाको एन्टीजेन परीक्षणको क्रममा ३८५ जना गरि उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा देशभरबाट १ हजार ८४६ जना संक्रमित डिस्चार्ज भएको जनाउदै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको जानकारीदिएको छ।