शुक्रबार, चैत्र १६, २०८०

थप १ हजार १ सय ४६ जनामा कोभिड संक्रमण,२१ को मृत्यु

काठमाडौं भाद्र २५ ,
वितेको २४ घन्टामा थप १ हजार १ सय ४६ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरी १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै यसवीचमा १ हजार ६६० जना संक्रमित संक्रमिण मुक्त भएको जनाएको छ भने संक्रमणका कारण २१ जनाको मृत्यु भएको जानकारी दिएको छ।