शुक्रबार, चैत्र १६, २०८०

चीनबाट ४४ लाख डोज खोप राजधानी आइपुग्यो

काठमाडौ असोज १,
चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सरकारले यसअघि चीनसंग खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको बाँकी आज आइपुगेको विभागले जनाएको छ ।