बिहिबार, बैशाख १३, २०८१

चक्रवात गुलाबको प्रभाव: देशका विभिन्न भागमा अझै दुई–तीन दिन फेरि वर्षाको संभावना

काठमाडौं असोज १०,
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन वाहिरिदै गर्दा हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभावका कारण नेपालमा दुई–तीन दिन फेरि हल्कादेखि मध्यम बर्षाको संभावना रहेको जनाएको छ ।

यद्यपी महाशाखाले यसअघि पनि मनसुन अन्तिम समयमा देशका केही स्थानमा ठूलो पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेको स्मरण सहित हाल नेपालमा भारतको मध्यप्रदेश तथा उत्तरप्रदेश आसपास अवस्थित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको जनाएको छ ।

यस्तो आज साँझ जारी ३ दिने मौसम पूर्वानुमान :

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १० गते (आईतबार)

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ११ गते (सोमबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसोदेशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।