मङ्लबार, चैत्र ६, २०८०

कोभिड संक्रमण : ३८९ जनाको आइसीयूमा र १२१ जनाको भेन्टिलेटरमा उपचार हुँदै

थप १ हजार ६६ जना संक्रमण १६ जना कोभिड संक्रमितको मृत्यु

काठमाडौं असोज २,
वितेको २४ घण्टामा थप १ हजार ६६ जना कोभिड संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणको उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार २३४ जना संक्रमित निको भएको जनाकारी दिनुको अलावा १६ जना संक्रमितको मृत्यु भएको जनाएको छ। आज पुष्टि भएको मृतकसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ। त्यस्तै ३८९ जना आइसीयूमा र १२१ जना भेन्टिलेटरमा उपचार रहेको समेत मन्त्रालयले जनाएको छ।