शुक्रबार, चैत्र १६, २०८०

केटी साथीको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने जिरेल पक्राउ

काठमाडौं भाद्र २८,

महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-८ ठेगाना भएका काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात मोबाइल समेत खोसी उक्त अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गर्दै लुकिछिपी बसेका जिरेललाइ अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको जनाउदै  निजलाइ विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।