शुक्रबार, चैत्र १६, २०८०

कुलमानको नियुक्ति विरुद्ध दर्ता भएको रिट हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं भाद्र २०,
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध दर्ता भएको रिट निवेदनमाथि सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

 प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेकोजिकिर    सहित कुलमानको नियुक्ति बदर गरि आफु्नो    यसअघिको जिम्मेवारी कायम गरिपाउँ भदै र रिट निवेदन दायर गरेका  थिए ।

यसअघि उक्त रिट निवेदनको सुनवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।