मङ्लबार, बैशाख ११, २०८१

कारवाही गरेका १४ जना सासंद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने एमालेको तयारी

एमालेले कारवाही गरेका सांसदको पद जोगाउन सभामुख  सापकोटाले  मतियारको भूमिका निर्वाह गरेको भन्दै बैठक शुरु भएलगत्तै नेकपा एमालेको विरोध पछि बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं भाद्र २३ ,
प्रतिनिधिसभाको आज बसेको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक शुरभएलगत्तै नेकपा एमाले शुरु गरेको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

एमालेले कारवाही गरेका सांसदको पद जोगाउन सभामुख अग्निप्रसाद सापकोटाले  मतियारको भूमिका निर्वाह गरेको भन्दै  एमालेका सचेतक विशाल भट्टराईले सभामुखले दलीय आधारमा गरेको विभेदको तिव्रआलोचना गरे पनि भट्टराईले मन्तव्य राखेपछि त्यसबारे सभामुख सापकोटाले जवाफ दिएपनि एमाले सांसदहरुले भने रोष्टम घेरेर नाराजुलुस गरेका थिए ।

यस अघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले आफ्नो पार्टीले कारबाही गरेका माधव नेपाल सहितका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने जनाउ दिदै यदि उनिहरु बैठकमा उपस्थित भए कुनै पनि हालतमा सदन बैठक प्रारम्भ हुन नदिने बताएका थिए ।