शनिबार, बैशाख ८, २०८१

काठमाडौ उपत्यकाका ३९७ सहित थप १ हजार ५५८ जनामा कोभिड संक्रमण, १०को मृत्यु

काठमाडौ असोज १,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रमममा उल्लेखित सख्यामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार ८ हजार ६६५ जनाको पिसिआर परीक्षणको क्रममा१ हजार ८६ र ३हजार ७२० जनाको एन्टीजेन परीक्षणको क्रममा ४७२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।

त्यस्तै देशभरबाट १ हजार ३५१ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै मन्त्रालयले यसवीचमा १० जनाको मृत्यु जानकारी दिएको छ । साथै देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको जनाउदै यसमध्ये ३८६ जनाको आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ३९७ जनामा कोभिड संक्रमण पुष्टि जानकार िदिदै मन्त्रालयले यसमध्ये
काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना रहेको जनाएको छ।