मङ्लबार, चैत्र ६, २०८०

काठमाडौंमा सोमबारबाट भेरोसेलको दोस्रो डोज खोप लगाइँदै {खोप केन्द्रको सूची सहित}

काठमाडौ असोज १,
शुक्रबार दिउँसो २ बजे चीनबाट काठमाडौं आपुगेको थप ४४ लाख डोज भेरोसेल खोप काठमाडौं जिल्लामा असोज ४ गतेदेखि कोभिड विरुद्धको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोसो डोज लगाएका नागरिकहरुलाइ काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोपको दास्रो डोज लगाइँदैछ ।

त्यस्तै नागार्जुन नगरपालिकाको १० खोकेन्द्र , तार्केश्वर नगरपालिकाको ११ खोप केन्द्र , दक्षिणकाली नगरपालिकाको ९ खोप केन्द्र , बुढानीलकण्ठ नगरपालिकाको १३ खोप केन्द्र, टोखा नगरपालिकाको ११ खोप केन्द्र , गोकर्णेश्वर नगरपालिकाको ९ खोप केन्द्र , शंकरापुर नगरपालिकाको ९ केन्द्र र कागेश्वरी मनोहरा नगरपालिकाको ९ खोपकेन्द्र मा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

साथै मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031