बिहिबार, बैशाख १३, २०८१

काठमाडौँ लगायत २१ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुने कहिले ?

क्रियाशील सदस्यको सूची सार्वजनिक नभएसंगै कार्यकर्ता वृतमा नैराश्यता

काठमाडौ भाद्र १७,
शुक्रवारबाट बाट शुरु हुने नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगतको प्रारम्भिक वडा र गाउँ अधिवेशनको पूर्व सन्ध्यामा महाधिवेनको रौनक बढ्दै गर्दा काठमाडौँ लगायत २१ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक नभएसंगै कार्यकर्ता वृतमा नैराश्यता सिर्जना भएको छ।

मुलुकको ७७ जिल्लामध्ये ५६ जिल्लाको क्रियाशील सदस्यकै सूची सार्वजनिक भएपनि काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नम्बर २ का ८ जिल्ला संगै डोल्पालगायत २१ जिल्लाको सूचाी सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने भन्ने अनिश्चितता बढेको हो।

काँग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले आज साँझ सम्ममा थप जिल्लाको सदस्यता सूची सार्वजनिक हुने संभावना रहेको बताउँदै क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन अधिकृत परिचालित भइसकेको र त्यहाँ भाद्र १८ गते वडा अधिवेशन सम्पन्न हुने बताउनुभयो । साथै सदस्यता सूची सार्वजनिक भएको जिल्लमा तत्काल निर्वाचन अधिकृत खटाउने तयारी रहेको जानकारीदिदै उहाँले पालिकास्तरीय अधिवेशनको अघनै बाँकी सवै जिल्लमा वडा अधिवेशन गरी सक्ने बताउनुभयो ।