शनिबार, बैशाख ८, २०८१

काँग्रेस १४औं महाधिवेशनको कार्यतालिका संशोधन,वडा अधिवेशन हुन बाँकी २० जिल्लामा असोज ५ गते हुने

काठमाडौं भाद्र २५ ,
नेपाली कांग्रेसको आसन्न् १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरेको जनाएको छ। वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो ।

संशोधित कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा असोज ५ गते वडा अधिवेशन हुने जनाउदै केन्द्रीय निर्वाचन समितिले
पालिका अधिवेशन ९ असोज, प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोज र एकभन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अविधेशन १८ असोजमा गर्ने संशोधित कार्यतालिकामा उल्लेख गरिएको छ ।

निर्वाचन समितिका अनुसार यसअघि सूची सावैजनिक भएको ५७ जिल्लामा वडा अधिवेशन भइसकेको जनाउदै समितिले क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी २० जिल्लामा असोज ५ गते वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरको छ । त्यस्तै समितिले कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको समयतालिका भने यथावत् रहेको जनाएको छ ।