मङ्लबार, चैत्र ६, २०८०

काँग्रेस वडा अधिवेशन : महानगर वडा न .१९मा सर्वत्र गोविन्दको चर्चा

काठमाडौं असोज ४,
नेपाली काँग्रेसको आसन्न् १४ औं महाधिवेशन अन्र्तगत स्थानीय तहको गत भाद्र १८ गतेबाट शुरु भएको वडा अधिवेशन मुलुकको ७७ जिल्ला मध्ये काठमाडौं लगायत २० जिल्लामा मंगलवार हुँदैछ । वडा अधिवेशनको पूर्व सन्ध्यामा काठमाडौं लगायत अधिवेशन हुँन बाँकी हरेक जिल्लामा अहिले काँग्रेसी कार्यकर्ता तथा शुभ चिन्तकको बाक्लो चहल पहल सहितको चुनावी सरगर्मी निकै बढेको छ ।

महाधिवेशनको माथिल्लो तहको लागि प्रारम्भिक एवम महत्वपूर्ण अधिवेशन भएकै कारण महानगरका होस वा नगरपालिकाको वडा अधिवेशनलाइ निकै अर्थपूर्ण मानिन्छ । यसैक्रममा काठमाडौं काँग्रेस क्षेत्र न. ८ अन्र्तगत रहेको महानगर वडा न. १९ काँग्रेस कार्यसमितिमा समेत वडा अधिवेशनको सरगर्मी बढ्दो रहेको पाइएको छ ।

वडा न १९ मा मंगलवार हुने अधिवेशनका लागि युवा व्यक्तित्व गोविन्द श्रेष्ठले वडास्तरिय पार्टीको संरचनालाइ थप वलियो बनाउने सुजबझ सहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन । श्रेष्ठ केहि समय अघि दिवंगत भएका काँग्रेस वडा समितिका सभापति शशिलाल श्रेष्ठको टिममा रहेर संगठनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै क्रियाशिल रहेका व्यक्तित्व भएकै कारण उनको उम्मेदवारी विवाद रहित रहेको स्थानीय काँग्रेसजनको भनाइ रहेको छ ।

हुन त, अधिवेशन भएका कारण इच्छुक अन्य पार्टीका कार्यकर्ताले पनि उम्मेदावारी दिनु र दावी गर्नु कुनै नौलौ विषय नभएको बताउदै उनिहरुले भने कुन उम्मेदावार कति पानीमा छ भन्ने आधारको मुल्याङ्कन उसको कार्यशैली र संगठन प्रतिको लगावले निश्चित गर्ने अभिव्यक्ति सहित पछिल्लो समय श्रेष्ठले संगठनका लागि निर्वाह गर्दै आइरहेको भस्मिका तारिफ योग्य रहेको बताए ।

साथै वडा न. १९को तड्कारो आवश्यकता भनेको वडा समितिमा काँग्रेसको विजयलाइ शुनिश्चित बनाउन महानगरको यस वडा कार्यसमितिमा काँग्रेसको संगठनलाइ थप दरिलो बनाउँन गोविन्दले श्रेष्ठले विगत देखिनै निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका कारण सवै क्रियशिल सदस्यहरुको रोजाइमा पर्न सफल भएको स्थानीय कार्यकर्ता हरुको अभिमत रहेको थाहा भएको छ।

समग्रमा आसन्न् स्थानीय तहको निर्वाचन समेको वातावरणलाइ दृष्टिगत गर्दै विगत देखिनै एकक्षत्र काँग्रेसको तर्फबाट निर्वाचित हुँदै पार्टीको गरिमालाइ उच्च बनाउदै पार्टी संगठन र वडा न १९को समेतको अभिभारा वोक्दै आएका सरल र सरस व्यक्तिवका धनी स्व: शशिलाल श्रेष्ठको उपस्थितीको तमाम वडाका नागरिकमा अनुभुत गराउन सक्ने सक्षम उम्मेदवारको चयन देखि मुलकको लागि विगतमा जस्तै देश विकास प्रति प्रतिवद्ध पूर्व म्नत्री नविन्द्रराज जोशीको जस्तो छवी पहिल्याउँन सक्ने वडा न. १९को गरिमा आफैमा उच्च् रहेको छ ।