शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसको १४ औ महाधिवेशन : सभापति सहित १४ जना पदाधिकारी निर्वाचनबाट चुनिने

काठमाडौ भाद्र २८,

नेपाली काँग्रेसको आसन्न् १४ औं महाधिवेशनमार्फत चयन हुने केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनबाटै पदाधिकारी निर्वाचित हुने भएका छन् । यसरी निर्वाचित हुने पदाधिकारीमा एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र ८ जना सहमहामन्त्री रहने पछिल्लो व्यवस्था कायम भएको छ।

यसहघि काँग्रेसको विधानमा उपसभापति, १ जना महामन्त्री, सह महामन्त्रीलगायतको पदमा सभापतिले मनोनीत गर्ने गरिएकोमा यसपटक देखि कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशन प्रतिनिधिबाटै निर्वाचित भएर आउने विधानमा उल्लेख गरिएको हो ।

त्यस्तै ८ जना सहमहामन्त्रीमा महिला, आदिवासी र जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक र एक जना रहने छ । स्मरण रहोस,   प्रस्तुत प्रावधान कार्यान्वयनमा आएसंगै काँग्रेसको पदाधिकारीको सङ्ख्या १४ पुगेको छ । यसअघि निर्वाचित र मनोनीत गरेर काँग्रेसको पदाधिकारीको सङ्ख्या ५ रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031