बिहिबार, बैशाख १३, २०८१

काँग्रेसको १४औ महाधिवेशन:काठमाडौं सहित थप १० जिल्लाको क्रियाशील सदस्यता विवादको सम्बोधन

काठमाडौ भाद्र ३०,
नेपाली कांग्रेसको आसन्न् १४ औं महाधिवेशनको प्रयोजार्थ विवादित बन्दै आएको थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद निरुपण भएको छ। क्रियाशील सदस्यता सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार टुंग्याएको हो ।

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिएका छन । मुख्यसचिव पौडेलकाअनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा काठमाडौँ काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा रहेका छन् । विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने समेत उहाँले जानकारी दिएका छन ।

त्यस्तै असोज ५ गते हुने अधिवेशनका लागि बाँकी सवै जिल्लाको सदस्यता विवाद निरुपण गर्ने तयारी रहेको जनाएकोछ । यसअघि पहिलो चरण अन्र्तगत ५६ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ ।