शनिबार, बैशाख ८, २०८१

काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको प्रारम्भिक वडा अधिवेशन आजबाट सुरु

१४ औँ महाधिवेशनलाई एकताबद्धरुपमा सम्पन्न गर्न सभापति देउवाको आह्वान

काठमाडौ भाद्र १८ ,
नेपाली काँग्रेसको आसन्न् १४ औं महाधिवेशन अन्र्तगतको प्रारम्भिक वडा अधिवेशनको शुक्रबारबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको सूची सार्वजनिक भएका ५६ जिल्लाका वडामा वडा आजबाट अधिवेशन प्रक्रिया शुरु भएको हो ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले वडा तहमा निर्वाचन सम्पन्न गर्नका लागि हरेक वडामा एक जना मतदान अधिकृत खसटएको जाकारीदिदै कारण वस शुक्रवार निर्वाचनको प्रक्रिया सुरु हुन नसकेको जिल्लामा बढीमा एक साताभित्र वडा अधिवेशन सम्पन्न गरिसक्ने बताउनुभयो ।

यसैवीच प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेको वडा अधिवेशनको उद्घाटन गर्दै १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । त्यस्तै सभापति देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन समेत आग्रह गर्दै कोभिड सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गर्नुभएकोछ ।

भक्तपुर जिल्लामा कांग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा ३ हजार ७८२ र क्षेत्र नं २ मा ६ हजार ५०४ जना रहेको भक्तपुर काँग्रेसले जनाएको  छ ।