बिहिबार, बैशाख १३, २०८१

काँग्रेसको आसन्न १४औँ महाधिवेशन अन्र्तगत भाद्र १८ गतेबाट गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु हुँदै

थप ३ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित,  भाद्र १८ गते अघिनै सवै जिल्लाको क्रियाशील सदस्यको सूची प्रकाशित गरिने

काठमाडौ भाद्र १६ ,
नेपाली काँग्रेसले आसन्न १४औँ महाधिवेशन अन्र्तगत भाद्र १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका लागि निर्वाचन अधिकृत समेत परिचालन गरिसकेको जनाउदै यसअघि सिर्जित सवै विवाद समाधान भइसकेका कारण अवका दिनमा महाधिवेशनको प्रक्रिया सहज रूपमा अघि बढ्ने जनाएको छ  ।

त्यस्तै महाधिवेशनका लागि मुलुकको ७७ जिल्ल मध्ये ५६ जिल्लाका क्रियाशील सदस्यताको सूची समेत सार्वजनिक भइसकेको छ। पछिल्ले पटक सदस्यता सूची सार्वजनिक भएक जिल्लामा सुनसरी, मकवानपुर र बागलुङ रहेका छन । साथै बाँकी जिल्लको सूची पनि भाद्र १८ गते निर्धारित वडा अधिवेशन अघि नै प्रकाशित भइसक्ने समितिले  जनाएको छ। त्यस्तै निर्वाचन समितिले वडास्तरको अधिवेशन भाद्र १८ कहि कतै सम्पन्न् हुन नसकोे अवस्थामा दुई चार दिन पर सारेर पनि निर्वाचन गराइने जनाएको छ ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँर नगर वडा अधिवेशन यही भाद्र १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भाद्र २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।