शुक्रबार, बैशाख १४, २०८१

ओखलढुंगामा भिषण वर्षासँगै परेको चट्याङ्गका कारण ७ जना वेहोस, ३ जनाको अवस्था गम्भीर

काठमाडौं भद्र २१ , 
गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण ओखलढुंगामा सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा ७ जना वेहोस भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेर बेहोस भएका मध्ये टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अबस्था सामान्य र विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भीर रहेको जनाएको छ ।

त्यस्तै चट्याङका कारण स्थानीयका एक दर्जन बढि घरमा क्षति पुगेकोे छ भने गाइ , भैसी, संगै पशु चौपाया मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। ​यद्यपी घटनाको क्षतिको विस्तृत विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ।