बिहिबार, बैशाख १३, २०८१

एमाले सासंदको नाराबाजीकै वीच विनियोजन विधेयकको प्रस्ताव पारित, अर्को बैठक असोज ४ बस्ने गरि स्थगन

विनियोजन विधेयक,  पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने, केही दिन सरकारको खर्च रोकिन सक्ने अर्थमन्त्री शर्माको जनाउ 

काठमाडौं भाद्र २९,
आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको छ ।

त्यसलगत्तै सभाभुख अग्निप्रसाद सापकोटाले सो विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरे पनि प्रतिस्थापन बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गतेसम्मका लागि बैठक स्थगन गरिएको सभामुख सापकोटाले जानकारी दिनुभएको हो ।

यसैवीच अर्थमत्री शर्माले बैठक पछि सञ्चारकर्मीसंग कुरा गर्दै समयमानै विनियोजन विधेयक पारित भइसक्नुपर्नेमा प्रतिपक्षीदल एमालको गतिरोधका कारण त्यसो हुन नसकेको बताउँदै आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको र नियमित प्रक्रियाबाटै विनियोजन विधेयक पारित गरिने बताउँभएको छ। साथै उहाँले विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिनुभयो ।