शुक्रबार, बैशाख ७, २०८१

इन्द्रजात्राको आज दोस्रो दिन: थने अर्थात माथिल्लो टोलमा रथयात्रा हुने

काठमाडौं असोज ४,
इन्द्रजात्राको आज दोस्रो दिन आज सोमवार थने अर्थात माथिल्लो टोलमा रथयात्रा गरिने भएको छ। श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा आइतवार तल्लोटोल अर्थात कोने जात्रा गरिएको थियो। त्यस्तै पछिल्लो समय महिलाले मात्र रथ तान्ने परम्परा कायम हुँदै आएको नानीचया जात्रा विहिवार मनाइने भएको छ ।

त्यस्तै यसै दिन यसै दिन बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण सहित राष्ट्राध्यक्षको हैसियतमा उहाँले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ ।  त्यस्तै भाद्र शुक्ल द्वादशीका उठाईएको इन्द्रध्वज अर्थात लिङ्गो समेत त्यसैदिन राती रथजात्रा पछि ढालिएसंगै इन्द्रजात्रा पर्व विधिवतरुपमा समाप्त हुने गर्दछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031