शुक्रबार, बैशाख ७, २०८१

आज ५७औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रम सहित मनाइदै

बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति गर्नु राज्यको दायित्व :राष्ट्रपति
बालअधिकार संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी : प्रधानमन्त्री  देउवा

काठमाडौँ, भाद्र २९,
‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मुल नारासहित यसवर्ष अर्थात ५७औँ राष्ट्रिय बाल दिवस २०७८ मनाइँदै छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरदेखि नेपालमा बाल दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रममा ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गर्ने , सडक बालबालिकामुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ हुँदे गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ ।

त्यस्तै भादै ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति संगै बाल अधिकारका क्षेत्रमा नीगतगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल कार्यक्रमको आयोजा गरिने भएको छ ।

यसैवीच दिबसको अवसरमा शुभकामा सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप व्यवस्था गरी १८ वर्षमुनिका बालबालिकालाई महामारीको जोखिमबाट सुरक्षित बनाई बालअधिकारको संरक्षणमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गर्नुभएको छ ।
साथै उहाँले ‘सामान्य अवस्था वा कोभिड महामारी स् बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने सङ्कल्प पूूरा गर्न राज्यका तीनै तह, अभिभावक, विद्यालय र समग्र समाज जिम्मेवार रहेको जारी शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

त्यस्तै सन्देशमा भनिएको छ– बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति गर्नु राज्यको दायित्व हो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुनु जरुरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै भन्नुभएको छ, “समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवाहरू पनि बालमैत्री हुन जरुरी छ । तसर्थ बालअधिकार संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी भएको बताउनु भएकोछ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात् गरेको र संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको उहाँले चर्चा गर्नुभएको छ । कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031