मङ्लबार, चैत्र ६, २०८०

आज सातौँ संविधान दिवस विशेष कार्यक्रमकावीच मनाइदै

काठमाडौं असोज ३ ,
०७२ असोज ३ गते आजकै दिन मुलकका प्रथम राष्ट्रपति डा रामवरण यादवले जारी गनुृ भएको नेपालको संविधान जारी भएको आज सातौँ संविधान दिवस विशेष कार्यक्रमकावीच मनाइदैछ । संविधान दिवसका अवसरमा जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको व्याख्या र विश्लेषण गरिएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना समेत गदैछ ।

सैनिक मञ्च टुँडिखेलमा आज आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनेछिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै गरेको जानकारी प्राप्त भएको छ । संविधान दिवसको आजको दिनमा मुलकको राजनैतिक धरातलको विश्लेषण गर्ने हो भने मुलुकमा दलबिचका सत्ता स्वार्थको जालझेल निकै नराम्रोसंग मौलाएको पाइन्छ । यहि कारणले मुलुकमा यो वा त्यो नाममा अनेकन संसदीय विकृतिले प्रशय पाउँदै आएको अवस्था विद्यमान रहेको छ । जसको कारण संविधान दिवस मनाइरहँदा सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसदमा सरकार प्रतिपक्षीदलवीच जुहारी सहितको तिक्ततापूर्ण अवस्थाको सिर्जना भएको छ। त्यस्तै संविधान जारीदेखि नै राजनीतिक दलको एक समूह संविधानका अन्तर्वस्तुमा प्रकट गर्दै आइरहेको विभाजित मानसिकताका कारण सरकार र राजनीतिक दलबीच गहन यसविषयमा विचार मन्थन हुन नसक्नु मुलकको लागि थप समस्याको विषय भएको छ ।