शुक्रबार, चैत्र १६, २०८०

आजबाट दुई लाख ४० हजार नागरिकलाइ १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा खोप लगाइदै

काठमाडौं असोज ४,
काठमाडौँमा सोमबारदेखि ३ दिनसम्म कोभिड संक्रमण विरुद्ध भेरोसेलको दोस्रो मात्रा खोप लगाइदै छ । यसअघि पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिकलाइ भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले  काठमाडौँ जिल्लाका १४५ खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान शुरु गरिएको हो ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यसवीचमानै निरन्तर ११ दिनसम्म कोभिड विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा समेत लगाइने जानकारी दिदै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने बताउनुभएको छ ।