बिहिबार, बैशाख १३, २०८१

आगामी तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना

काठमाडौ भाद्र ३०,
जल तथा मौसमविज्ञान विभागले आज देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै विभागले यहस मौसमी उतारचढावकाका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउदै देशभर सामान्यदेखि पूर्ण बदली संगै प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएके छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको जनाएको छ ।