बुधबार, बैशाख १२, २०८१

असोज १ गतेबाट अर्को आदेश नभएसम्मका लागि काठमाडौंमा जारी निषेधाज्ञा थपियो

स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र[डीएमसीसी]सँगको समन्वयमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौं भाद्र ३१ ,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेश जारी नभएसम्म लागू हुने गरी काठमाडौं जिल्लामा जारी निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले असोज १ गते शुक्रबारबाट लागू हुने गरी निषेध आदेश जारी गर्नुभएको जारी आदेशमा उल्लेख गरिएको छ। त्यस्तै आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गर्दै सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वयमा मात्र सञ्चालन गर्न सकिने उल्लेख  गरिएको छ ।

साथै यसवीचमा कोभिड संक्रमणको रफ्तार बढेमा जुनसुकै समयमा आदेशका व्यवस्थाहरु परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।