बुधबार, बैशाख १२, २०८१

असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी

पछिल्लो अध्ययनले बालबालिका बढी सङ्क्रमण हुन सक्ने देखाउँदा नेपालका १८ वर्षमुनिका बालबालिकाहले खोप नपाइसकेको अवस्थामा विद्यालय सञ्चालन त्यति न्यायोचित मान्न नसकिने  स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीको  जिकिर

काठमाडौं भाद्र २१,
उपत्यकामा कोभिड संक्रमणको बढ्दो रफ्तारमा आएको न्यूनिकरण संगै असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी गरिएको छ। विद्यालय खोल्ने विषयमा नितिगत निर्णय गर्नका लागि आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षमा सोमबार बसेको बैठकले स्वास्थ्यका निश्चित मापदण्ड पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको हो।

बैकठले लामो समय बद भएको विद्यालय असोज १ गतेदेखि परम्भिक रुपमा विद्यालय सञ्चालन गर्ने त्यसपछि अर्थात दशैं तिहारको विदा सके लगत्तै विद्यालयहरू पूर्ण रुपमा खोल्ने तयारी रहेको बताइएकोछ । साथै विद्यालय खोल्नुपूर्व सबै शिक्षकलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने र कोभिडको जोखिमलाइ विश्लेषण गर्दै विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरिएकोहो ।

बैठकमा काठमाडौंभित्र रहेका स्थानीय तहहरूका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधि, शिक्षा कार्यालय समन्वय इकाइका प्रमुख, सुरक्षा निकायमा प्रमुखहरू सहभागी रहेको थियो ।

यसैवीच स्वास्थ्य मन्त्रालयले पनि अहिले नै विद्यालय सञ्चालन गर्न हतार गर्न नहुने बताएको छ । मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले सङ्क्रमण दर घटे पनि जोखिम नटरेकाले विद्यालय सञ्चालन गर्न नहुने बताउनुभयो । पछिल्लो अध्ययनले बालबालिका बढी सङ्क्रमण हुन सक्ने देखाउँदा नेपालका १८ वर्षमुनिका बालबालिकाहले खोप नपाइसकेको अवस्थामा विद्यालय सञ्चालन त्यति न्यायोचित नहुने मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीको रहेको छ ।