बिहिबार, बैशाख १३, २०८१

अलबिदा शशीदाइ …

काठमाडौं भाद्र १७ ,
काठमाडौं महानगरपालिका वडा न. १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको ६५ वर्षको उमेरमा आज अपरान्ह असामयिक निधन भएको छ। केहि समय यता स्वास्थ्यमा समस्या देखिएसंगै उहाँको नर्भिक अस्तालमा उपचार हुँदै आएको थियो ।

महानगर वडा न. १९ मा एक कार्यकाल वडा सदस्य र त्यसपछिका तीन कार्यकाल र्निविकल्प वडाध्यक्षको जिम्मेवारीमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित श्रेष्ठ मृदभाषी सहयोगी मात्र नभएर सर्वप्रिय व्यक्तित्वको पहिचानमा क्रियाशील वडा ध्यक्ष श्रेष्ठलाइ श्रद्धाञ्जजली व्यक्त गर्न काठमाडौं महानगरका प्रमुख विधासुन्दर शाक्य लगायतका महानगरका जनप्रतिनिधीहरु नर्भिक अस्पताल पुग्नु भएको थियो ।

त्यस्तै अन्तिम श्रद्धाञ्जलीका वडा अध्यक्ष श्रेष्ठको पार्थिव शरीर शुक्रवार विहान ९ बजेबाट १९ वडा समितिको प्राङ्गणमा राखिने र त्यसपछि शव यात्रा सहित पशुपति आर्यघाटमा  अन्त्येष्टि गरिने काँग्रेस १९ इकाइ समितिले जनाएको छ । स्वर्गीय श्रेष्ठको शव  अस्पतालको आइस वक्समा राखिएको छ ।