सोमवार, बैशाख ३, २०८१

१ हजार २३९ जनामा कोभिड संक्रमण, १३ को मृत्यु

काठमाडौं असोज ७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणको क्रममा ​१ हजार २३९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार ३२४ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै १३ जना संक्रमितको मृत्यु भएको जनाएको छ भने ३४० जनाको आइसियुमा र १११ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।