सोमवार, असार २०, २०७९

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने ३ जना पक्राउ

काठमाडौं असोज १३, 
नेपाल प्रहरीको साइबर व्यूरोले महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्युव च्यानलमार्फत प्रसारण गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने दाङ तुलसीपुरका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युव च्यानलका संचालक काठमाडौं नेपालटार बस्ने नु २७ वर्षीय शिशिर अधिकारी, साराचुलि मिडिया युट्युव च्यानलका संचालक काठमाडौं पेप्सिकोला बस्ने मोरङ वेलवारी नगरपालिकाका पिंकला कार्की र मोर्डन अनलाईन टिभि युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तमाङ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विभिन्न युट्युव च्यानल संचालन गरी उक्त च्यानलहरुमार्फत पीडित महिलाको तस्बिर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामग्रीहरुको प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031