शनिबार, बैशाख ८, २०८१

मृदभाषी तथा शालीन ब्यक्तित्वका धनि वडाध्यक्ष श्रेष्ठको निधन

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

काठमाडौ भाद्र १७,

काठमाडौं महानगरपालिका वडा न. १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको ६५ वर्षको उमेरमा आज अपरान्ह असामयिक निधन भएको छ। केहि समय यता स्वास्थ्यमा समस्या देखिएसंगै उहाँको नर्भिक अस्तालमा उपचार हुँदै आएको थियो । महानगर वडा न. १९ मा एक कार्यकाल वडा सदस्य र त्यसपछिका तीन कार्यकाल र्निविकल्प वडाध्यक्षको जिम्मेवारीमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित श्रेष्ठ मृदभाषी सहयोगी मात्र नभएर सर्वप्रिय व्यक्तित्वको पहिचानमा क्रियाशील रहदै आउनु भएको थियो ।

केहि समय अघि पूर्व उद्योगमन्त्री समेत रहेका काँग्रेस नेता नविन्द्रराज जोशीलाइ गुमाएको पिडालाइ भुल्न नपाउँदै वडा न. १९ ले यसवीचमा पूराना काग्रेसका नेता हरेन्द्र वहादुर श्रेष्ठ र त्यसपछि वडाध्यक्ष श्रेष्ठलाइ गुमाउँनु पर्दाको क्षण आफैमा दुखद भएको काठमाडौं काँग्रेस क्षेत्र न. ८ का क्षेत्रीय सचिव राजेश श्रेष्ठले बताउनुभयो ।

काठमाडौं काग्रेस वडा न १९ इकाइका सभापति समेत रहेका वडाध्यक्ष श्रेष्ठको निधनले सिङ्गो वडा समितिलाइ मात्र नभएर पार्टी पक्तिमा समेत अपुरणीय क्षति भएको  दु:खद घडिमा मृत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि अस्पताल परिसरमा वडा न .१९का स्थानीय, काँग्रेस विभिन्न वडाका इकाइ अध्यक्षहरु, क्षेत्र र जिल्लाका नेतागण , काठमाडौं महानगरका विभिन्न वडाका उहाँका समकक्षी तथा शुभ चिन्तकको बाक्लो उपस्थिती रहेको छ ।

त्यस्तै अन्तिम श्रद्धाञ्जलीका वडा अध्यक्ष श्रेष्ठको पार्थिव शरीर शुक्रवार विहान ९ बजेबाट १९ वडा समितिको प्राङ्गणमा राखिने र त्यसपछि शव यात्रा सहित पशुपति आर्यघाटमा  अन्त्येष्टि गरिने वडा न. १९ काँग्रेस इकाइ समितिले जनाएको छ ।श्रेष्ठको श्रीमती एक छोरा, तीन छोरी  रहेका छन् । यसैवीच  काठमाडौं  महानगरले वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि १ दिन शोक विदा दिने भएको छ ।

शालीन तथा भद्र ब्यक्तित्वका धनि वडाध्यक्ष श्रेष्ठको असामयिक निधनको यस दु:खद घडिमा यस www.kantipurhotline.com को तर्फबाट श्रद्धासुमन सहित शोक सन्तप्त परिवारवनप्रति समवेदना व्यक्त गर्दछौं ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031