बुधबार, बैशाख १२, २०८१

बाढीका कारण राजधानीका विभिन्न क्षेत्रमा लाखौंको धनमाल नष्ट

काठमाडौं भाद्र २२,

काठमाडौं महानगरपालिका९३ रानीबारी चोकस्थित प्राईज कर्पो ग्लोबल प्राईभेट लिमिटेडको खाद्यान्न गोदाममा सोमबार बिहान पानी छिरी गोदाममा रहेको ७ सय १ बोरा चामल, ४ बोरा चिनी लगायतका सामानहरू भिजेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका९९ स्थित गोठाटार एयरपोर्ट पछाडि सुनिल रेग्मीको जेकेपेपर प्रोसेसिङ्ग उद्योग प्रालिमा सोमबार बिहान पानी पस्दा करिब २० लाख रुपैयाँ मूल्य बराबरको २ सय टन कार्टुन लगायतका समानहरू डुबेर नष्ट भएको छ भने गोठाटारस्थित उर्मिला खाद्यस्टोर तथा राधाकृष्ण कुटानी पिसनी तथा प्याकिङ्ग उद्योगमा सोमबार बिहान बाढी पसेर दाल, चामल, तेल, मकै, धान समेत डुबेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जनाउदै प्रहरीले घटनास्थलमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको जनाएके छ