शनिबार, माघ १५, २०७८

प्रदेश २ मा जसपाका १० सासंदले रोजे लोसपा

   प्रदेश न १ मा पनि नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य  नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा

काठमाडौं भाद्र १७,
निर्वाचन आयोगले जसपा विभाजनसंगै अस्तित्वमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता समाजवादी पार्टी [लोसपा] वा उपेन्द्र यादव नेतृत्वको जसपा रोज्नका लागि जनप्रतिनिधीलाई आगामी भाद्र २२ गतेसम्म दिएको समय सिमा अनुरुप प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी रोजेको छन ।

बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर जसपाका १० जना सांसदहरु क्रमस परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साहले सनाखत सहित
उक्त दल रोजेको हो । प्राप्त जानकारी अनुसार आज पनि केहि सासंदले आयोगको कार्यालय पुगेर सनाखत गर्ने कार्यक्रम रहेको लोसपाले जनाएको छ।

यसैवीच नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले बुधवार आफ्नो पदबाट आज राजीनामा दिएका छन् । । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका खनाले प्रदेशसभाका अन्य ११ सासंदसंगै निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पष्मा सनाखत गरेका थिए ।

त्यस्तै १ न प्रदेशमा पनि नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन ।
बुधवार विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयपुगेर उनिहरुले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकोहो । यसरी सनाखत गर्नेहरुमा राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरी रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031