उपत्यकामा ७३ प्रतिशतले लगाए कोभिड विरुद्वको पूर्ण मात्रा खोप
काठमाडौं असोज १४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा पिसिआर र एन्टीजेन गरि ११ हजार ७६५ जनाको परीक्षण गर्दा उल्लेखित सख्यामा संक्रमित पहिचान भएको जनाएको छ।
मन्त्रालयका अनुसार पहिचान भएका संक्रमित मध्ये पिअिसार परीक्षण तर्फ ८९८ र एन्टीजेन परीक्षणतर्फ १८० जना संक्रमित रहेको जनाएको छ । साथै यसवीचमा देशभरबाट ९११ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाएकोछ भने १२ जना संक्रमितको मृत्यु भएको जनाएको छ।त्यस्तै गरि १८ हजार १६८ जना सक्रिय संक्रमित रहेको मध्ये ३५३ जनाको आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।
यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोभिड विरुद्वको पूर्ण मात्रा खोप लगाएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पूर्ण मात्रा खोप लगाउनेहरुको संख्या १५ लाख ६३ हजार सात सय ३४ रहेको जानकारी दिदै पहिलो मात्रा खोप लगाउने ७६ प्रतिशत रहेको मन्त्रालयले जनाएको हो ।