सोमवार, जेष्ठ १४, २०८१

थप १ हजार ६ सय ४० जनामा कोभिड संक्रमण, १० को मृत्यु

काठमाडौं भाद्र २३ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा ९ हजार७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा थप १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

त्यस्तै यसवीचमा २ हजार १७१ जना कोभिड मुक्त भएको जनाउदै संक्रमणका कारण थप १० जनाको मृत्यु भएको र योसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको सख्या १० हजार ८८९ जना पुगेको जनाएको छ।