सोमवार, बैशाख ३, २०८१

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं असोज १०,
 नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप ५ जिल्लाका क्रियाशील सदस्यको अन्तिमसदस्यता सूची सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका ५ जिल्लामा क्रमस महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पा रहेको काँग्रेस मुख्यालयले जनाएको छ ।  त्यस्तै बाँकी८ जिल्लाको क्रियाशील सदस्यको नामावली पनि सोमबारसम्म सार्वजनिक भइसक्ने जनाएकोछ ।

यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी ती जिल्लामा वडा अधिवेशन समेत सम्पन्न् भइसकेको छ । यसरी वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिएकोे केन्द्रीय निर्वाचन समितिले जनाएको छ।