मङ्लबार, बैशाख ४, २०८१

काँग्रेसलाइ जनताको भरोसाको पार्टी बनाउनुपर्नेमा नेता पौडेलको जोड

आपसी सहमतिमा सभापतिमा एक जनामात्र उम्मेदवार तय गरिने उद्घोष

काठमाडौ भाद्र १७,

भाद्र १८ गतेबाट शुरु हुने नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगतको प्रारम्भिक वडा रगाउँ अधिवेशनको पूर्व सन्ध्यामा काँग्रेसका वरिष्ठ नेता माधवकुमार नेपाल आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलनको आयोजा गर्दै केन्द्रीय महाधिवेशनका लागि आपसी सहमतिमा सभापतिमा एक जना उम्मेदवारलाई अगाडि बढाइने बताउनुभएको छ ।

त्यस्तै पत्रकार सम्म्मेलनमा नेता पौडेलले पार्टीभित्र विद्यमान यावत कमीकमजोरीको निरुपण गर्दै काँग्रेसलाइ लोकतान्त्रिक संगै जनताको भरोसाको पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार सम्मेलनमा नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजालसंगै युवा नेता गगन थापाको समेत उपस्थिती रहेको थियो ।