मङ्लबार, बैशाख ४, २०८१

एसएमजी गन चोरी अभियोगमा जेल परेका दुई सैनिकले पाए सफाइ

काठमाडौ भाद्र १८ ,
सैनिक अदालतको कमजोरीका कारण एसएमजी [सर्ट मेसिन गन] चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका छन् ।यद्यपी उनीहरु थुनामुक्त भएपनि संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ बढुवा रोक्काको आदेश दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गुरुङ र तामाङले अनाहकमा साढे २ बजे जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि बल्ल सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो ।