मङ्लबार, बैशाख ४, २०८१

उपत्यकाका ५१९ सहित थप १ हजार ४२३ जना कोभिड सङ्क्रमित थपिए, २१ को मृत्यु

काठमाडौं भाद्र २२,
वितेको २४ घण्टामा थप १ हजार ४२३ जना कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै यसवीचमा कोभिड सङ्क्रमणमुक्तको सख्या २ हजार ७२ जना रहेको जनाउदै मन्त्रालयले गएको २४ घण्टामा २१ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै कोभिड संक्रमित भइ मृत्यु हुनेको सख्या १० हजार ८७९ जना पुगेको जनाएको छ ।

यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ५१९ जना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। साथै आज उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंमा सबैभन्दा बढी ३६४ जना ,भक्तपुरमा ६६ र ललितपुरका ८९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।