सोमवार, बैशाख ३, २०८१

अवैध रुपमा क्यान्सरको औषधि विक्री गर्ने भण्डारी पक्राउ

काठमाडौ भाद्र २४ ,
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा काठमाडौं महाराजगंज घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिहरू सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रुपमा कारोबार गरिरहेको भन्ने पप्त सूचनाको आधारमा अपराध महाशाखाले मिनभवनबाट बिना लाइसेन्स औषधिहरू विक्री गरिरहेको अवस्थामा प्रवललाई फेला पारी पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रवलले भारतमा रहेका आफन्त मार्फत उक्त औषधिहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाक्एो छ ।
उनलाई थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।